Thursday, April 16News That Matters

दुई बर्ष पछि लागेको हलेसी मेला यस्तो देखियो (फोटो फिचर)

खोटाङ मङ्सिर १७ : बालाचतुर्दशीकाको अवसरमा हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर ७ स्थीत सुप्रशिद्ध त्रिधार्मिक तपोभूमी हलेसीमा बृहत मेला लागेको छ ।


हलेसीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, तीज, साउनको सोमबार लगायत पर्वमा ठूलो मेला लाग्ने गरेको छ । हलेसीमा सबै भन्दा लामो मेला रामनवमीमा १५ दिन सम्म लाग्ने गरेको छ । तर कोरोनाका कारण दुई बर्ष यता मेला लाग्न सकेको थिएन ।


धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, पापद्वार, धर्मद्वार, भैरवगुफा, बसाहागुफालगायत अवलोकन गर्न र पूजाआजा गर्न भक्तजन आउने गरेका छन ।


गुफामा हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरु आ–आफ्नै तरीकाले पुजापाठ गर्ने गर्छन । जुन दृश्य सबैका लागी रोचक लाग्ने गर्छ । हिन्दु धर्ममा आस्था राख्नेहरुले यसलाई पशुपतिनाथको रुपमा, बौद्ध धर्मावलम्बीहरु दोस्रो लुम्बिनीको रुपमा र किरात धर्मावलम्बीहरुले आदिम भूमीको रुपमा पूजा–आजा गर्ने गरेका छन ।