Wednesday, April 15News That Matters

नेपाली कांग्रेस प्रदेश एक महाधिवेशमा खोटाङबाट ४ जनाको उम्मेद्वारी


खोटाङ मङ्सिर १७ : नेपाली कांग्रेसको प्रदेश अधिवेशनमा खोटाङबाट चार जनाले उम्मेद्वारी दिएका छन । भोली हुने प्रदेश नम्बर एकको अधिवेशनमा जिल्लाबाट भुपेन्द्र राईले महामन्त्री, वीर काजी राईले सह–महामन्त्री, जितेन्द्र शिंह ठकुरीले खुल्ला तर्फ प्रदेश सदस्य र बिमला राईले आदिवासी जनजाती महिला तर्फ प्रदेश सदस्यमा आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएको हो ।

भुपेन्द्र राई महाधिवेशन प्रतिनिध एवं दिप्रुङ चुईचुम्मा गाउँपालिकाको अध्यक्ष समेत रहनु भएको छ । वीर काजी राई र जितेन्द्र शिंह ठकुरी कांग्रेसको महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । यस्तै बिमला राई महाधिवेशन प्रतिनिध एवं हलेसी तुवाचुङ नगरपालिकाको उपमेयर रहनु भएको छ ।

कांग्रेस प्रदेश नम्बर एकको अधिवेशनमा संस्थापन र संस्थापनइतर दुई समुह चुनावी मैदानमा उत्रिदैछन । दुवै समुहले सभापतिका लागि उम्मेद्वारीको टुंगो हिजै लगाएका हुन । जसमा संस्थापनइतर पक्षको सभापतिमा गुरुराज घिमिरे र संस्थापन पक्षको सभापतिको उम्मेद्वारमा उद्धव थापा रहनु भएको छ ।

सभापतिका उम्मेदवार थापा सिटौला समूहका मानिनु हुन्छ । १४औं महाधिवेशनमा सिटौला र पार्टी सभापति देउवाको टिम बनेको छ ।