
खोटाङ मङ्सिर १७ : पुर्वका दुर्लभ जेठामान पश्चिमेली कौडा नेपाली लोक भाका लिएर बजारमा आउनु भएको छ । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिकामा जन्मीनु भएका दुर्लभ जेठामान नामले परिचित हिरन कुमार राईको आवाज र संगित रहेको पश्चिमेली “जोवान बैना देउ” कौडा लोक भाका बिहिबार बिमोचन भएको हो ।
उक्त भाकामा जेठामानसँगै चर्चित रियालिटि सो “द भोईस अफ नेपाल सिजन ३” को उपबिजेता तारा श्रीस मगरको पनि आवाज रहेको छ भने भाकाको शब्द कुमारी बाठा मगर (मनु) को रहेको छ ।
गुड लक नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा दुर्लभ जेठामान, तारा श्रीस मगर, अनुप राना , प्रिया घर्ति मगर र अन्जलि गुरुङको अभिनय रहेको छ । भिडियोको नृत्य तथा निर्देशन केशु पुन मगरको रहेको छ ।
कडा मेहनतले गीत एवं भिडियो तयार गरिएको कारण एक पटक सबै दर्सक स्रोताले सुनेर र हेरेर प्रतिक्रिया दिन गायक एवं संगितकार जेठामानले अनुरोध गर्नुभएको छ । कवीतामा समेत कलम चलाउने जेठामान अन्य विद्याका गीत गाउँदै संगित गर्दै आउनु भएको थियो । तर पश्चिमेली संस्कार संस्कृती मन परेको कारण कौडा भाकामा आफ्नो नजर पुगेको उहाँको भनाई छ ।
सोहि कार्यक्रममा “जोवान बैना देउ” कौडा लोक भाकाकी सर्जक कुमारी बाँठा मगर (मनु) द्वारा लिखित उपन्यास “पीडाको पोखरी” पनि बिमोचन भएको छ । बिमोचन कार्यक्रममा नेपालको राष्ट्रिय गानका रचनाकार प्रदिप कुमार राई “ब्याकुल माईला” लगायत चर्चित ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।
