Wednesday, April 15News That Matters

दोस्रो हलेसीको नामले परिचित हौँचुरको जुडिमा भक्तजनको भिड (फोटो फिचर)

खोटाङ मङ्सिर १७ : हरेक बर्षको बालाचतुर्दशीको अवसरमा जुडिमा हजारौ भक्तजनहरुको भिड लाग्ने गरेको छ । कोरोना भाईरसको कारण अघिल्लो बर्ष जुडिमा मेला लाग्न सकेको थिएन । यो बर्ष भने जुडिमा भब्य मेला लागेको छ ।

खोटाङको दोस्रो हलेसीको नामले परिचित जुडि जिल्लाको रावाबेसी गाउँपालिका ६ हौँचुरमा अवस्थीत छ । साँघुरो बाटो भएको कारण खेत भन्दा माथी भिरमा रहेको जुडि गुफामा जान पहिले निकै कठिन थियो । तर अहिले गाउँपालिका र वडाकार्यलयले बजेट बिनियोज गरेर गुफा सम्म जान सिढी निर्माण गरिदिएको छ । शौचालय र खानेपानीको धाराको ब्यवस्था पनि गरेपछि जुडिको रौनक थपिएको छ ।

हरेक बर्षको बालाचतुर्दशीका दिन मेला लाग्दै आएको जुडिमा दर्शन गर्दा मनले चिताएको पुरा हुने जनबिश्वास रहिआएको छ । धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल जुडिको अझ प्रचार प्रसार गर्नसके आन्तरिक एवं बाह् पर्यटकको गन्तव्य स्थान बन्न सक्ने स्थानीय बताउछन ।