Thursday, April 16News That Matters

माओवादी केन्द्र खोटाङ काठमाण्डौ सम्पर्क समन्वय समितिको अध्यक्षमा गजेन्द्र राई

तस्वीर : डिल्लीराम पौडेल सबिनको फेसबुकवालबाट

खोटाङ मंसिर १८ : नेकपा माओवादी केन्द्र खोटाङ काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा गजेन्द्र राई चयन हुनुभएको छ । सम्पर्क समन्वय समितिको चौथो जिल्ला सम्मेलनले आज राईलाई अध्यक्षतामा चयन गरेका हो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अनुशासन विभाग प्रमुख टंक राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यमले राईको अध्यक्षतामा ५५ सदस्य समिति गठन गरेको बताईएको छ ।

कमिटिको उपाध्यक्षमा तेज बहादुर राई, मुना राई, दुर्गा भण्डारी, सचिवमा नित्यराज दाहाल र कोषाध्यक्षमा प्रेमिला राई चयन हुनु भएको माओवादी केन्द्र खोटाङले जनाएको छ ।

तस्वीर : राजु बिक्रम चाम्लिङको फेसबुकवालबाट