Thursday, April 16News That Matters

लफ्याङमा जसपा निकट समाजवादी युवा संघ नेपाल गठन

तस्वीर : कृष्ण गिरीको फेसबुकवालबाट

खोटाङ मङ्सिर १८ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ लफ्याङमा जनता समाजवादी (जसपा) निकट समाजवादी युवा संघ नेपाल गठन भएको छ ।

पार्टीको सु.ज अभियान अन्तरगत लफ्याङमा आज भएको कार्यक्रममा लक्षुमण राईको अध्यक्षतामा ३६ सदस्यीय समाजवादी युवा संघ नेपाल वडा कमिटि गठन गरिएको समाजवादी विद्यार्थी युनियन खोटाङका सह–सचिव कृष्ण गिरिले जानकारी दिनुभयो ।

कार्यक्रममा जसपाका केन्द्रीय सदस्य एवं किराँत राष्ट्रिय समिति अध्यक्ष रमेश राईको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै जसपाका प्रदेश सदस्य मोहन गुरुङ, नवीन राई, नगर अध्यक्ष निर्मल राई, विद्यार्थी केन्द्रीय सदस्य तथा पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख रविन खम्बु, जिल्ला कमिटी सदस्य धनिराम नछुङ लगायतको उपस्थीतमा कार्यक्रम सम्पन्न भएको सह–सचिव गिरिले बताउनु भयो ।

कार्यक्रमका झलक तस्वीरमा