Thursday, April 16News That Matters

क्यान्सर पीडित कुमारी राई बचाउन सहयोगको अपिल

खोटाङ, मङ्सिर २२ । खोटाङको ऐसेलुखर्क गाउँपालिका ७ माक्पाकी कुमारी राईको उपचारको लागि सहयोगको अपिल गरिएको छ । परिवारको आर्थीक अवस्था नाजुक भएकाले घाँटिमा क्यान्सर भएकी राईको उपचार गर्न कठिन भएको पारिवारीक स्रोतले बताएको छ ।

कुमारीको श्रीमानसँग लामो समय अगाडिनै छोडपत्र भईसकेको बताईएको छ । ललितपुरको नखुमा डेरामा बस्दै आएको कुमारीको परिवारमा दुई बालक छोरा मात्र रहेका छन । घाँस काट्ने क्रममा लडेर मेरुदण्ड भाँचिएपछि बिगत ७ बर्ष देखि राई हिँडडुल समेत गर्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो । झन केहि समय अघिदेखी घाँटिमा क्यान्सर आएपछि अवस्था झनै नाजुक भएको छ ।

चिकित्सकको सुझाव अनुसार चाडै उपचार नगाराए क्यान्सर फैलिदै जाने भएको कारण उपचारको लागि परिवारले सहयागको अपिल गरेको छ । सहयोग गर्न चाहानेले ९८६०३२६४७६ मा इसेवा गर्न र ग्लोबल आइएमइ बैंकमा रहेको खाता नम्बर ०७०७०१०००६८९७ मा रकम जम्मा गर्न सकिने छ ।