Thursday, September 17News That Matters

खोटाङमा मानव अधिकार चोक

खोटाङ, मङ्सिर २४ । खोटाङमा मानव अधिकार चोक बनेको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेल बजारस्थित सिँचाइ गेट चोकलाई मानव अधिकार चोक नामकरण गरिएको हो ।

नगरको निर्णय अनुसार ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा महिला हिंसा विरुद्धको १६ दिने अभियानको समापनका कार्यक्रमको अवसरमा शुक्रबार उक्त चोकलाई मानव अधिकार चोक घोषणा गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिप नारायण रिजालले जानकारी दिनुभयो ।