Thursday, April 16News That Matters

विशाल भट्टराई एमालेको केन्द्रीय सदस्य मनोनीत

मंसिर २६, खोटाङ । खोटाङबाट निर्वाचित प्रतिनिधि सभा सांसद विशाल भट्टराईलाई नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटि सदस्यमा मनोनीत गरेको छ । हिजोदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज अध्यक्ष केपी शर्मा ओलीले एमाले संसदीय दलका सचेतकसमेत रहनुभएका भट्टराईलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव गर्नुभएको हो ।

यसअघि चितवनमा सम्पन्न एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा भट्टराई एमालेको केन्द्रीय सदस्यमा नपरेको भन्दै सामाजिक सञ्जालमा आलोचनात्मक टिप्पणी आएका थिए ।

अध्यक्ष ओलीले आज भट्टराईसहित ३० जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव गर्नुभएको हो । तर, केही नेताहरूले ओलीको यो प्रस्ताव स्वीकार्य नहुने बताएका छन् ।