
खोटाङ, पुष २ । नेकपा एमालेको खोटाङ जिल्ला इञ्चार्जको जिम्मेवारी पुनः बिशाल भट्टराईले पाउनु भएको छ । खोटाङको संघिय सांसद, एमालेको संसदियदलको प्रमुख सचेतक र पोलिटब्युरो सदस्य समेत रहनु भएका भट्टराईलाई पार्टीले जिल्ला इञ्चार्ज र संसदिय बिभागको उपप्रमुखको जिम्मेवारी तोकेको छ ।
यस्तै जिल्ला सह–इञ्चार्जको जिम्मेवारी केन्द्रिय सदस्य एवं पुर्व मन्त्री उषाकला राईले पाउनु भएको छ । रमेश पौडेललाई नेपाल खेलकुद महासंघ सह–इञ्चार्ज तोकिएको छ । यस्तै जिल्लाका अर्का नेता एमालेका केन्द्रिय सदस्य खगेन्द्र राईलाई पार्टीले राष्ट्रिय जनसाँस्कृतिक महासंघ तथा सम्बद्ध संघठनहरुको इञ्चार्जको जिम्मेवारी दिएको छ ।
एमालेको बैठकको निर्णय अनुसार ३०१ जना पदाधिकारी सहितको केन्द्रिय सदस्यहरुको कार्य बिभाजन अन्तरगत खोटाङबाट ४ नेताहरुले उक्त जिम्मेवारी पाउनु भएको हो ।
