Friday, April 17News That Matters

रावाबेसीका अग्नि पीडित खड्कालाई धमाधम सहयोग जुट्दै

खोटाङ, पुस ८ । जिल्लाको रावाबेसी गाउँपालिका–६ हौँचुर निवासी अग्निपीडित ज्ञानेन्द्र खड्कालाई सहयोग जुट्न थालेको छ । खड्कालाई आज कतार सेवा समाजले रु २० हजार नगद सहयोग गरेको समाजका सदस्य गजेन्द्र राईले जानकारी दिनुभयो ।

खड्काको नाममा कतार सेवा समाजले कतारबाट बैंकमा नगद पठाएको हो । यस्तै मलेसियाबाट पनि आर्थीक सहयोग प्राप्त भएको छ । रोजगारीको लागि मलेसिया बस्दै आएका सोहि गाउँका रामचन्द्र खड्का, रुद्र श्रेष्ठ, सिमोन श्रेष्ठ, नविन कार्की, राम बस्नेत, मुमेश श्रेष्ठ र सबिन श्रेष्ठले रु ४५ हजार पीडित खड्काको नाममा नगद पठाएको बताइएको छ ।

यस्तै सोहि गाउँका टिकाराम राईले रु ४ हजार, संगम कार्कीले रु १० हजार ३ सय ३३, दिल कुमार श्रेष्ठले रु ५ हजार, चिरन कार्कीले रु ३ हजार रकम सहयोग गर्नु भएको सहयोग संकलनका संयोजक शुक्र बहादुर श्रेष्ठले बताउनु भयो ।

यसअघि गाउँपालिकाले १२० केजि चामल, १० लिटर खानेतेल, ५ केजी नुन, ३ केजी दाल र १ थान त्रिपाल सहयोग गरेको छ । यस्तै वडा कार्यलयले ६० केजी चामल, २ लिटर तेल, आधा केजि जिरा, २ पोका नुन, १ केजि भुजा दालमोट र नुहाउने, कपडा धुने साबुन २्२ वटा सहयोग गरेको अग्निपिडित खड्काले बताउनु भयो ।

विद्युत सर्ट भएर आगोलागि हुँदा खड्काको ३ तले माटो ढुंगाले बनेको, जस्ताले छाएको घर र घरसँगै नजिकै रहेको गोठ जलेर नष्ट भएको थियो ।

आगोलागिबाट ७ तोला सुन, ४ लाख नगद, अन्नपात, लत्ताकपडा, भाडावर्तन, मोबाइल, ल्यापटप लगायत अन्य सामाग्री जलेर नष्ट हुँदा २३ लाख बराबरीको क्षेती भएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ ।

खड्कालाई सहयोग गर्न चाहानेले ९८१८९८४२२२ मा सम्पर्क गर्न सकिने बताईएको छ ।

आगोलागिबाट जलेको ज्ञानेन्द्र खड्काको घर