Thursday, April 16News That Matters

ऐँसेलुखर्कबाट काठमाण्डौ सम्म सिधा बस सेवा सञ्चालन हुने

खोटाङ, पुस २६ । खोटाङको ऐँसेलुखर्कबाट काठमाण्डौसम्म सिधा बस सेवा सञ्चालन हुने भएको छ । ऐँसेलुखर्क गाउँपालिका र खोटाङ यातायात प्रा.लि. बिच आज भएको सहमती अनुसार माघ दुई गतेबाट काठमाण्डौ सम्म सिधा बस सेवा सञ्चालन हुने भएको हो ।

ऐँसेलुखर्क बजारबाट हरेक दिन बिहान ५ बजे र काठमाण्डौबाट पनि बिहान ५ बजे बस छुट्ने खोटाङ यातायात प्रा.लि.का महासचिव* राम हिङ्माङले जानकारी दिनुभयो । बस ऐँसेलुखर्क बजारबाट रावाबेसी गाउँपालिका ५ दुबेकोल, १ कुभिण्डे हुँदै काठमाण्डौ जनेछ । ऐँसेलुखर्कदेखि काठमाण्डौसम्मको बस भाडा १ हजार ७ सय निर्धारण गरिएको हिङ्माङले बताउनु भयो ।