खोटाङ, माघ ५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको त्रिधार्मिक स्थल हलेसी मन्दिर बन्द भएको छ । कोरोना भाइरस तीव्र रूपमा फैलिएकाले मन्दिर बन्द गर्ने निर्णय भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार दर्शनार्थीका लागि मन्दिर बन्द गरिए पनि मन्दिरमा साँझ बिहानको नित्य पूजा भने नियमित हुुनेछ । यसअघि दोस्रो लहरमा पनि कोरोना नियन्त्रणका लागि बन्द गरिएको करिब ८ महिनापछि मन्दिर खुलेको थियो ।
