
खोटाङ, माघ ८ । खोटाङको हलेसी बजारमा मास्क लगाउँ अभियान सञ्चालन गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालय हलेसीको आयोजनामा आज मास्क लगाउँ अभियान सञ्चालन गरिएको हो ।
नगरपालिकाका मेयर इवन राई र इलाका प्रहरी कार्यलयका प्रमुख प्रहरी निरीक्षक प्रमोद कार्कीको संयोजकत्वमा अभियान सञ्चालन गरिएको हो । कोरोना नियन्त्रणको लागि मास्क अनिवार्य लगाउँ, तपाईको मास्क खै लगायतका पर्चा सहित मेयर राई, प्रहरी, बिभिन्न राजनितिक दलका प्रतिनिधि लगायतको टोलीले ¥याली सहित माइकिङ गरेको थियो ।
अभियानले मास्क नलगाएका व्यक्तिहरुलाई मास्क वितरण गर्दै हरेक दिन मास्क लगाउन अनुरोध समेत गरेको छ । आज हलेसी मन्दिर वरीपरीको बजारमा सञ्चालन गरिएको यो अभियान भोली बिजुले, अर्खौले, दुर्छिम, च्यास्मीटार र जयरामघाट बजारमा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

