Friday, April 17News That Matters

यस्ता छन गठबन्धनका चार दलले दिप्रुङ चुइचुम्मामा गरेको निर्णय

बैठक सम्पन्न पश्चात खिचिएक तस्विर

खोटाङ, माघ ८ । सत्ता साझेदार दलहरूको पालिका स्तरीय बैठक दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सम्पन्न भएको छ । नेपाली काङ्ग्रेसका पालिका सभापति अमृत गिरीको अध्यक्षतामा आज (शनिबार) बसेको बैठकले बिभिन्न निर्णय समेत गरेको छ ।

केही दिन अगाडि गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको जिल्ला स्तरीय दिक्तेलमा संयुक्त बैठक बसेको थियो । बैठकले खोटाङ जिल्लाको समग्र विकास निर्माणको लागि साझा प्रयासहरू जारी राख्ने र गठबन्धनमा आबद्ध दलहरूको पालिकाहरूमा संयुक्त बैठक बसी जनताका माग प्रदेश र संघीय सरकारमार्फत तत्काल सम्बोधन गर्न पहल गर्ने पनि निर्णय गरेको थियो ।

सोहि निर्णय अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिकामा आज बसेको पालिका स्तरीय बैठकले गाउँपालिकामा सडक, खानेपानी , सिंचाइ , पर्यटन , सहरीकरण , खेलमैदान जस्ता क्षेत्रमा योजना माग गर्ने निर्णय गरेको नेपाली काङ्ग्रेसका दिप्रुङ चुईचुम्मा गाउँपालिका सभापति अमृत गिरीले जानकारी दिनुभयो ।

बैठकमा सभापति अमृत गिरीसँगै नेकपा माओवादका पालिका अध्यक्ष राजेन्द्र राई , नेकपा एकीकृत समाजबदिका पालिका अध्यक्ष शेर बहादुर थापा , र जनता समाजबादी पार्टीका पालिका अध्यक्ष पृर्थि कुमार राइको सहभागिता रहेको थियो ।

यस्तै अन्य आमन्त्रितमा नेकपा एसका जिल्ला उपाध्यक्ष नरेशराज राई , जिल्ला सदस्य ओमिराज राई , पेशल गुरागाइ, नेपाली काङ्ग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधि पुर्ण बहादुर खड्का , पालिका उपसभापति भिम बहादुर राउत, नेकपा माओवादी पालिका समितीका उपाध्यक्ष किशान राई, सचीव दिपक पौडेल लगायको उपस्थित रहेको थियो ।