खोटाङ, माघ ९ । खोटाङमा कोरोना भाइरसको संक्रमण उच्च दरमा वृद्धि हुन थालेको छ । जिल्लामा आज एकैदिन ३५ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानमा गरिएको ८३ जनाको एन्टिजेन परीक्षणमा ३५ जनको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।
आज थपिएकासहित जिल्लामा हालसम्म कोरोना पुष्टि हुुनेको संख्या ३१ सय ५६ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म १५ जनाको ज्यान गएको छ भने ३ हजार ४४ जना निको भएका छन् ।
जिल्लामा आज मात्रै ३ जना कोरोनामुक्त भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ९४ रहेको छ ।
यस्तै जिल्लमा अहिलेसम्म १ लाख १२ हजार ८ जनाले पहिलो र ६६ हजार ६ सय १२ जना पूर्ण मात्रा खोप लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ ।
