Thursday, April 30News That Matters

खोटाङमा किवी उत्पादन बढ्यो

खोटाङ, माघ १० । खोटाङमा किवी उत्पादन बढेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष १३.१५ मेट्रिक टनले किवी उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।

ज्ञान केन्द्रको तथ्याङ्क अनुसार अघिल्लो वर्ष जिल्लामा २०.३५ मेट्रिक टन किवी उत्पादन भएको थियो । यो वर्ष उत्पादन बढेर ३३.५ मेट्रिक टन ज्ञान केन्द्रका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिनुभयो ।

किवीको बोटमा हरेक वर्ष फल बढ्दै जाने उहाँको भनाइ छ । साथै यो वर्ष खेतीमा क्षेत्र विस्तार पनि भएकाले उत्पादन बढेको उहाँले बताउनुभयो । हरेक वर्ष किवी खेतीमा क्षेत्र विस्तारसँगै उत्पादनमा वद्धि हुँदै गएप नि बजारीकरणमा भने समस्या रहेको कृषक बताउँछन् ।