
खोटाङ, माघ ११ । खोटाङमा आज एकै दिन ३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लाको बिभिन्न ठाउँका ८६ जनामा एन्टिजेन परिक्षण गर्दा ३४ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।
जिल्लामा केही दिन यता कोरोना भाइरसका संक्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । आज पुराना संक्रमित एक जना पनि निको नहुँदा नयाँ ३४ जना संक्रमित थपिएका हुन । यो सँगै जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या १ सय ४७ पुगेको छ ।
संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य छ । उनिहरु होम आइसोलेशनमा रहेका स्वाथ्य कार्यालय प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिनुभयो ।
यो पनि ,
https://rupakotkhabar.com/?p=3042, कर्मचारी संक्रमित भएपछि खोटाङका दुई पालिकामा नियमित सेवा बन्द
