Thursday, April 16News That Matters

माओवादी केन्द्र खोटाङको अध्यक्षमा पाण्डे र सचिवमा राई

खोटाङ, माघ ११ । नेकपा माओवादी केन्द्र खोटाङको जिल्ला समन्वय समितिको अध्यक्षमा दिपक पाण्डे (आकाश) चयन हुनुभएको छ । आज बसेको प्रदेश नम्बर एक समितिको बैठकले उहाँलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

यस्तै सचिवको जिम्मेवारी जीवन राई (संगिन) ले पाउनु भएको रावाबेसी गाउँपालिका माओवादी केन्द्र समिति सचिव उदिम चाम्लिङले जानकारी दिनुभयो । यसअघि जिल्ला अध्यक्षमा पृक्ष्वी किराती रहनु भएको थियो । उहाँ प्रदेश उपाध्यक्ष चुनिएपछि पाण्डेलाई खोटाङ जिल्ला अध्यक्षको जिम्मेवारी पार्टीले प्रदान गरेको हो ।

जिल्ला समन्वय समितिको अन्य सदस्यमा को–को रहने भन्ने यकिन भइसकेको छैन । यस्तै जिल्लाको सबै पालिकाको इञ्चार्ज र सह–इञ्चार्ज पनि भोली सम्ममा बैठकले तोकि सक्ने चाम्लिङले बताउनु भयो ।