
खोटाङ, माघ १३ । खोटाङको रावाबेसी गाउँपालिका–६ हौँचुरको परिचय बोकेको गीत सार्वजनिक भएको छ । हौँचुरको बिभिन्न महत्वपुर्ण धार्मिक तथा पर्यटकी एवं ऐतिहासिक स्थान समेटिएको गीतको भिडियो युटुवमा आज (बिहिबार) चिण्डो युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
गजेन्द्र खालिङ राईको शब्द र पदम थुलुङ राईको संगितमा तयार भएको गीतमा आवाज मञ्जु खालिङको रहेको छ । गीतको भिडियोमा स्थानीय कलाकारको अभिनयसँगै हौँचुरका महत्वपुर्ण स्थानहरु देख्न सकिन्छ । बेँसीमा धानका बाला लटरम्म झुल्नेदेखि लेखमा गुँरास फुल्नेसम्मका कुरा अनि जिल्लाको दोस्रो हलेसी भनेर परिचित धार्मिक स्थल जुँडीदेखि हौँचुरका पुर्खाले बनाएको सुरुङकुलोसम्मलाई गीतले बर्णन गरेको छ भने भिडियोमा पनि सोहि स्थान देख्न सकिन्छ ।
समग्र हौँचुरबासीलाई गीत मार्फत एकै ठाउँमा जोड्न र पर्यटन प्रवर्धनका लागि गीत तथा भिडियो तयार पारिएको गीतका लेखक एवं भिडियोका निर्माता राईले बताउनुभयो । सो गीतको भिडियोले बिगतमा हौँचुर कस्तो थियो भनेर भाबी पुस्ताले समेत हेरेर थाहा पाउन सक्ने राईको विशवस छ ।
सोहि स्थानमा जन्मीएका सो गीतका रचनाकार एवं भिडियोका निर्माता गजेन्द्र खालिङ राई रोजगारीको सिलसिलामा बिगत लामो समयदेखि कतारमा छन् । कर्मभूमि कतार बनाएपनि राई बिगतदेखि गाउँको सामाजिक कार्यमा सकृय छन् ।
हेर्नुहोस गीतको भिडियो
