Saturday, April 18News That Matters

खोटाङमा आज ३४ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या २ सय नाघ्यो

खोटाङ, माघ १३ । खोटाङमा आज एकै दिन ३४ जना कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमित थपिएका छन । जिल्लाको बिभिन्न ठाउँमा ७५ जनाकाको एन्टिजेन परिक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

योसँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय नाघेको छ । आज ८ जना कोरोना संक्रमण मुक्त भएर ३४ नयाँ संक्रमित थपिदा सक्रिय संक्रमिको संख्या २ सय ४ पुगेको छ । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेकाले उनिहरु सबै होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यलयका प्रमुख पुण्यप्रसाद सिक्देलले बताउनुभयो ।