
खोटाङ, माघ २३ । खोटाङले प्रदेश १ मा दुई जना मन्त्री पाएको छ । मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रिपरिषद् विस्तारका क्रममा खोटाङ प्रदेश सभा (क) का सांसद राजन राईलाई सामाजिक विकास मन्त्री र प्रदेश सभा (ख) का सांसद रामकुुमार राई ‘पासाङ’ लाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री नियुुक्त गर्नुभएको हो ।
दलीय भागबण्डाका क्रममा राजनले नेकपा एकीकृत समाजवादी र रामकुमारले नेकपा माओवादी केन्द्रबाट मन्त्रीको जिम्मेवारी पाउनुभएको हो ।
मुुख्यमन्त्री राईले प्रदेशमा आज ८ जना मन्त्री नियुुक्त गर्नुभएको छ । आज थप ८ जना मन्त्री नियुक्त भएपछि प्रदेश १ को मन्त्रीमण्डल १४ सदस्यीय बनेको छ । जसमा १३ मन्त्री र एक राज्यमन्त्री छन् ।
नवनियुक्त मन्त्रीहरूलाई आजै प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ ।
