Thursday, April 16News That Matters

खोटाङमा गोरु काट्ने तीन जना पक्राउ

फाइल तस्वीर ।

खोटाङ, माघ २३ । खोटाङमा गोरु काट्ने तीन जना पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ३५ वर्षीय खगेन्द्र तामाङ र ४० वर्षीय गणेश तामाङ पक्राउ परेका हुन् ।

आज अपरान्ह ४ बजेतिर सोही नगरपालिका–२ दिखुवामा गोरु काटेर मासु बिक्री गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरूको साथबाट गोरु काट्न प्रयोग गरिएको एउटा बञ्चरो र चार वटा खुकुरी बरामद गरिएको प्रहरी निरीक्षक शाहले बताउनुभयो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।