Thursday, April 16News That Matters

खोटाङमा आज एकैदिन ४८ जना कोरोना संक्रमणमुक्त

सांकेतिक तस्वीर ।

खोटाङ, माघ २७ । खोटाङमा आज एकैदिन ४८ जना कोरोना संक्रमित निको भएका छन् । केही समयअघि संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका उनीहरू संक्रमणमुक्त भएका जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

यस्तै जिल्लामा आज ४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । जिल्लाका विभिन्न स्थानमा गरिएको १०० जनाको एन्टिजेन परीक्षणमा ४ जनामा मात्र संक्रमण देखिएको हो ।

जिल्लामा पछिल्लो समय निरन्तर दैनिक थपिने संक्रमितको संख्याभन्दा निको हुनेको संख्या बढिरहेको छ । यसले सक्रिय संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ । अघिल्लो दिनसम्म सक्रिय संक्रमितको संख्या १ सय ६६ रहेको जिल्लामा आज थपिएकासहित यो संख्या १ सय २२ मा झरेको छ ।

संक्रमित सबैको अवस्था सामान्य रहेकाले उनिहरु होम आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो ।