Friday, April 17News That Matters

हलेसी तुवाचुङले चार प्रकारका सीप मुलक तालिम प्रदान गर्ने


खोटाङ, फागुन ५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले गरिबी निवारणका लागि सीपमुलक तालिम प्रदान गर्नेभएको छ । नगरपालिकाको आर्थीक वर्ष २०७८\०७९ को गरिबी निवारणका लागि लघु उद्यम विकास (मेडपा) कार्यक्रम अन्तरगत बिभिन्न चार प्रकारका सीप मुलक तालिन निशुल्क प्रदान गर्न लागेको हो ।
मोटर साइकल र मिनिटिलर वर्कसव, इलेक्ट्रिसियन (वायरिङ, व्युटि पार्लर र बुटिङ सम्बन्धि तालिम प्रदान गर्न लागेको नगरपालिकाले सूचना प्रकाशन गरेर जानकारी गराएको छ । तालिम लिन इच्छुक व्यक्तिले फागुन ११ गतेसम्म सम्बन्धि वडा कार्यालय र नगरपालिकाको उद्यम विकास शाखामा आवेदन दिन सकिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्यले जानकारी दिनुभयो ।