
खोटाङ, फागुन ९ । हलेसि तुवचुङ नगरपालिका–८ धितुङका स्वर्गीय सरोज राईको स्मृतिमा अक्षय कोष स्थापना भएको छ । सोहि गाउँ स्थीत बुलापन्थे माध्यमिक विद्यालयमा स्वर्गीय राईको परिवारले जेहेन्दार, लगनशील, विपन्न एवं आर्थिक अबस्था कमजोर परिवारका विद्यार्थीलाई बार्षिक रूपमा छात्रवृत्ति प्रदान गर्नेगरी कोष स्थापना गरेको हो ।
अक्षय कोष स्थापना गर्दै स्वर्गीय राईका वुबा कमलराज राई र दाई दुर्गमणि राईले १ लाख ११ हजार १ सय ११ रुपैयाँ विद्यालयलाई आज हस्तान्त्रण गर्नुभएको नेपाली कांग्रेस धितुङका वडा सभापति टेकराज राईले जानकारी दिनुभयो । कोष स्थापनासँगै विद्यालयका केहि विद्यार्थीलाई आजै छात्रवृत्ति पनि प्रदान गरिएको उहाँको भनाई छ ।
स्वर्गीय सरोज राईको २५ वर्षको उमेरमा गत जेठ ३० गते उदयपुरमा काठ काट्दै गर्दा काठ्ले किचेर मृत्यु भएको थियो ।
