Thursday, April 16News That Matters

हलेसी तुवाचुङद्वारा ३ कृषक समुह र १३ आमासमूहलाई कुटानी पिसानी मिल प्रदान

खोटाङ, फागुन १० । हलेसी तुवाचुङ नगरपालिकाले ३ कृषक समुह र १३ वटा आमासमूहलाई विद्युतीय कुटानी पिसानी मिल प्रदान गरेको गरेको छ ।

मागमा आधारित कार्यक्रम अन्तर्गत नगरपालिकाले विनियोजन गरेको बजेटबाट मिल खरिद गरी आज नगरपालिकामा आयोजित कार्यक्रमका बीच मिल हस्तान्तरण गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले जानकारी दिनुभयो ।

घरायसी काममा महिलारूको कार्यबोझ घटाउने उद्देश्यले विद्युतीय मिल सहयोग गरिएको मेयर इवन राईले बताउनुभयो । कार्यक्रमका लागि नगरपालिकामा निवेदन दिएकाहरूमध्येबाट छनोट गरी मिल प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

यसबाट महिलाहरूको दैनिक घरायसी काममा श्रम कम पर्ने र समयको पनि बचत हुने मेयर राईको विश्वास छ ।