Thursday, April 16News That Matters

चुनावी घोषणा पत्रका लागि कांग्रेस खोटाङले तयार पार्यो समिति


खोटाङ, फागुन १६ । नेपाली कांग्रेस खोटाङले स्थानीय तह निर्वाचनको लागि घोषणा पत्र तयार गर्न ११ जनालाई जिम्मेवारी दिएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पार्टीको घोषणा पत्र तयार गर्न कांग्रेस खोटाङका नेता डा. राजकुमार राईको संयोजकत्वमा ११ जनालाई जिम्मेवारी दिएको हो ।

गत फागुन ७ गते बसेको नेपाली कांग्रेस खोटाङको बैठकले उहाँहरुलाई जिम्मेवारी दिएको कांग्रेसका जिल्ला सभापति बिष्णु कुमार राईले जानकारी दिनुभयो । समितिमाको सदस्यहरुमा पार्टीका सुभेच्छुक संगठनका जिल्ला अध्यक्ष एवं प्रतिनिधि रहेका छन् । समितिको संयोजकमा नेता डा. राईसँगै सदस्यहरुमा जर्ण चाम्लिङ (उपमहासचिव नेपाल शिक्षक संघ प्रदेश नम्बर १), मेजर राई (अध्यक्ष नेपाल शिक्षक संघ खोटाङ), उत्तम चौलागाई (नेपाल प्रेस युनियन खोटाङ), प्रकाश घिमिरे (अधयक्ष नेपाल निजामती कर्मचारी संघ खोटाङ), जयन्ती राई (नेपाल शिक्षक महासंघ उपाध्यक्ष), ललितचन्द्र राई (पुर्व उपाध्यक्ष नेपाल शिक्षक संघ खोटाङ), कपिलराज घिमिरे (नेपाल शिक्षक संघ), बिशबमणि आचार्य (नेपाल शिक्षक संघ) र उद्योग ब्यापार क्षेत्रबाट एकजना रहने गरी कार्यसमिति तयार भएको सभापति राईले बताउनुभयो ।

आगामी स्थानीय तहको चुनावको लागि जिल्लाका दश वटै स्थानीय तहलाई समेट्ने गरी चैत्र २ गतेसम्म समितिले घोषणा पत्र तयार गर्नेछन् । पत्र तयार गर्दा पार्टीका गाउँ/नगर कार्य समिति र प्रदेश क्षेत्रीय कार्य समितिसँग समन्वय गर्नुपर्ने सभापति राईको भनाइ छ ।

जिल्लामा विपिको शालिक निर्माण गरिने

खोटाङ सदरमुकाम दिक्तेलमा विपि कोइरालाको अर्धकदको शालिक निर्माण गरिने भएको छ । दिक्तेल स्थित विपि स्मृति भवनको अघिल्तीर विपिको शालिक निर्माण गर्ने निर्णय भएको नेपाली कांग्रेस खोटाङले जनाएको छ ।

शालिक निर्माण गर्ने निर्णय गरेर आर्थीक संयोजको जिम्मा महाधिबेशन प्रतिनिधि धर्मराज पोखरेललाई दिएसँगै निर्माण कार्य पनि सुरु भइसकेको नेपाली कांग्रेस खोटाङले जनाएको छ ।