Thursday, April 16News That Matters

एमाले खोटाङ : जिल्ला कमिटीको जिम्मेवारी बाँडफाँड, पालिका इन्चार्ज र सह–इन्चार्ज पनि तोकिए

सचिवालय बैठकलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज विशाल भट्टराई

खोटाङ, फागुन १७ । नेकपा एमाले खोटाङको सातौँ जिल्ला अधिवेशनपछि आज पहिलो सचिवालय बैठक बसेको छ । गत पुस २३ र २४ गते सम्पन्न अधिवेशनबाट चयन भएको पार्टीको जिल्ला कमिटीको सचिवालय बैठक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सभाहलमा बसेको हो ।

पार्टीका पोलिटब्युरो सदस्य, संसदीय दलका प्रमुख सचेतक एवं जिल्ला इन्चार्ज विशाल भट्टराईको प्रमुख आतिथ्यता, केन्द्रीय कमिटी सदस्य जिल्ला सह–इन्चार्ज उषाकला राईको विशेष आतिथ्यता र जिल्ला कमिटी अध्यक्ष रामप्रसाद दंगालको अध्यक्षतामा बसेको बैठकले १०९ सदस्यीय जिल्ला कमिटीका पदाधिकारीलाई जिम्मेवारी बाँडफाँड गरेको छ । यस्तै बैठकले जिल्लाका १० वटै पालिकामा इन्चार्ज र सह–इन्चार्ज तोकेको छ ।

नगरपालिकातर्फ दिक्तेल रुपाकोट मझुवागढी इन्चार्जमा वीणादेवी राई र सह–इन्चार्जमा दिनेश साम्पाङ र अनिशा खनाल, हलेसी तुवाचुङ इन्चार्जमा रमेश तिवारी र सह–इन्चार्जमा किशोर श्रेष्ठ र कुमार बुढाथोकीले जिम्मेवारी पाउनुभएको छ ।

यस्तै गाउँपालिकातर्फ केपिलासगढी इन्चार्जमा कृष्णकुमार राई र सह–इन्चार्जमा खगेन्द्र गुरूङ र अडिराम राई, ऐँसेलुखर्क इन्चार्जमा गिरेन राई र सह–इन्चार्जमा पुष्पकला भुजेल र गणेश नेपाल, रावाबेँसी इन्चार्जमा लिलानाथ निरौला र सह–इन्चार्जमा खेमराज राई र बाबुराम जोशी, साकेला इन्चार्जमा गोपीकृष्ण खड्का र सह–इन्चार्जमा धनपाल राई र शिव बस्नेतलाई तोकिएको छ ।

त्यसैगरी दिप्रुङ चुइचुम्मा इन्चार्जमा लोकेन्द्र राई र सह–इन्चार्जमा भीमबहादुर खत्री र विनोद संसार, वराहपोखरी इन्चार्जमा गोमा मगर र सह–इन्चार्जमा रुद्र विष्ट र दिलबहादुर राई, खोटेहाङ इन्चार्जमा राजन बञ्जारा र सह–इन्चार्जमा कविता राई र कृष्णकुमार राई, जन्तेढुंगा इन्चार्जमा तिलक बस्नेत र सह–इन्चार्जमा शंखरबहादुर राई र विदूरमान राईलाई जिम्मेवारी प्रदान गरिएको एमाले खोटाङले जनाएको छ ।
सचिवालय बैठकले पार्टीको जिल्ला कमिटीको पूर्ण बैठक चैत ५ गते बोलाउने निर्णयसमेत गरेको छ ।