Thursday, April 16News That Matters

खोटाङमा लगातार तेस्रो दिन कोरोना संक्रमण शून्य, सक्रिय संक्रमितको संख्या २४ मा झर्यो

खोटाङ, फागुन १८ । खोटाङमा पछिल्ला दिन कोरोना भाइरसको संक्रमण शून्यमा झर्दै गएको छ । जिल्लामा अस्ति, हिजो र आज संक्रमण शून्यमा झरेको हो । अस्ति र हिजो १५/१५ र आज १० जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि संक्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

अस्ति र हिजो संक्रमणसँगै निको हुनेको संख्या पनि शून्य रहेकामा आज भने ४ जना निकोसमेत भएका छन् । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २४ मा झरेको छ । संक्रमित सबै होम आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो ।