Thursday, April 16News That Matters

धितुङका २८ जना जेष्ठ नागरिकलाई कांग्रेसले गर्यो सम्मान


खोटाङ, फागुन १९ । नेपाली कांग्रेसले हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । बुधबार एक कार्यक्रममो आयोजना गरेर धितुङका २८ जना जेष्ठ नागरिकलाई सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेको वडा सभापति टेकराज राईले जानकारी दिनुभयो ।

कार्यक्रमको प्रमुख अतिथीको रुपमा कांग्रेसका खोटाङ जिल्ला सभापति बिष्णुकुमार राई रहनु भयो थियो । सम्मान कार्यक्रममा अघिल्लो स्थानीय निर्वाचनमा वडा सदस्यको उम्मेदवार समेत रहनु भएका नेकपा माओवादी केन्द्रका नेता टेकबहादुर बुढाथोकी लगायत १२ जना अन्य पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नुको भएको वडा सभापति राईले बताउनुभयो ।

नवप्रवेशी ब्यक्तिहरुलाई जिल्ला सभापति राई, पुर्व सभापति नरेशकुमार श्रेष्ठ, उपसभापति इवन राई, हलेसी तुवाचुङ नगर सभापति चक्र राई लगायतका नेताले स्वागत गर्नुभएको छ ।