
युवराज भट्टराई
खोटाङ, फागुन २३ । रावा बेसी गाउँपालिकाले महिला जनप्रतिनिधिलाई भाषण कला तालिम प्रदान गरेको छ । गाउँपालिकाको कार्यालय हरमटारमा प्रदान गरिएको महिला जनप्रतिनिधिका लागि ७ दिने भाषण कला सम्बन्धि तालिम तथा अभ्यास कार्यक्रम आज सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा रावाबेसी गाउँपालिकाका महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण घनश्याम ढकालले गर्नु भएको हो । कार्यक्रममा समय र स्थान अनुसार भाषण कसरी गर्न सकिन्छ लगायतका विषयको सहजिकरण भएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले व्यत्तिगत क्षमता अभिवृद्धिका लागि सबै वर्ग समुदायका मानिसलाई सोही किसिमको तालिम प्रदान गर्दै आएको र आगामी दिनमा पनि प्रदान गर्ने बताउनुभयो ।
