
खोटाङ, फागुन २६ । खोटाङमा गोरुले हान्दा एकजनाको मृत्यु भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ का ५० वर्षीय असुरध्वज राईको छिमेकीको गोरुले हान्दा मृत्यु भएको स्थानीय कोमलप्रसाद ढकालले जानकारी दिनुभयो ।
गोरुको सिङले पेटको देब्रे साइडमा छेड्दा राईको आन्द्रा बाहिर निस्केको थियो । राईले मलका लागि आफन्तबाट ल्याएर उक्त गोरु पाल्न थालेको केही दिन मात्र भएको बताइएको छ ।
उनलाई बुधबार बिहान गोरुले हानेको थियो । गम्भीर घाइते भएका उनको फेमिली केयर अस्पताल दिक्तेलमा उपचार हुँदै गर्दा गएराति निधन भएको ढकालको भनाइ छ ।
मृतक राई शारीरिक रुपमा अपांग समेत रहेका थिए ।
