Thursday, April 16News That Matters

दिक्तेल र साकेलामा आज दिउँसो विधुत आपूर्ति बन्द हुने

खोटाङ, चैत २ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केही भाग र साकेला गाउँपालिकाको केही भागमा आज दिउँसो विधुत आपूर्ति बन्द हुने भएको छ ।

दिक्तेल फिडर अन्तर्गत छिप्ती, कट्टी, दिखुवा खोला वारीको ११ केभी हाईटेन्सन लाइनको तार अपग्रेड गर्ने क्रममा विधुत आपूर्ति बन्द हुने विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ ।

उक्त फिडरमा पूरानो तार हटाएर नयाँ तार लगाउने र ईन्सुलेटेड कभर कन्डक्टर तान्ने काम गरिने हुंदा आज बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म दिक्तेलबजारसहित, बाम्राङ, लफ्याङ, खाल्ले, नेर्पा, चिउरीडाँडा, निर्मलीडाँडा र साकेला गाउँपालिकाको अधिकांश स्थानमा विधुत आपूर्ति बन्द हुने प्राधिकरण प्रमुख विजयराज रेग्मीले जानकारी दिनुभयो ।