Thursday, April 16News That Matters

छापडाँडास्थित किराना पसलमा आगलागी, ५ लाख बराबरको क्षति

फाइल तस्वीर

खोटाङ, चैत ०३ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, छापडाँडास्थित एक किराना पसलमा आगलागी भएको छ । बिहिबार बिहानको राति २ बजेतिर स्थानीय ३५ वर्षकी सरिता राउतको किराना पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो ।

आगलागीबाट जस्ता र काठले बनेको एक तल्ले पसलसहित पसलभित्रका सामान जलेर पूर्ण रूपमा नष्ट हुँदा करिब ५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

आगलागी भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय हलेसीबाट परिचालित प्रहरी टोली र स्थानीयको सक्रियतामा बिहानको राति २ः४५ बजे पूर्ण रूपमा आगो निभाइएको छ । आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ ।