खोटाङ, चैत्र ०३ । सहकारीको भवनको बार्दली भाचिँदा सोलुखुम्बुमा ७ जना घाइते भएका छन् । आज बिहान करिब ९ बजेको समयमा सोताङ गाउँपालिका–५ स्थित लालिगुराँस सहकारी संस्थाको भवनको बार्दली भाँचिदा ७ जना घाइते भएका हुन् ।
घाइते हुनेहरूमा सोताङ गाउँपालिका–५ की ३५ वर्षीया हरिमाया बस्नेत, वडा नम्बर–३ की ३५ वर्षीया सबिना कुुलुङ, ३० वर्षीया पार्वता बाँस्तोला, ४५ वर्षीया राधा बस्नेत र ५५ वर्षीया निरु गौतम, वडा नम्बर–५ की ३५ वर्षीया मनकुमारी कार्की र ५५ वर्षीया रीता बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी कवित कटवालले जानकारी दिनुभयो ।
घाइतेमध्ये हरिमाया, सबिना र पार्वताको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको सोलुुखुम्बु प्रहरीले जनाएको छ । अन्यको प्राथामिक अस्पताल सोताङमा उपचार भइरहेको छ ।
सहकारीको मासिक बैठक चलिरहेका बेला भवनको बार्दली भाँचिएको बताइएको छ ।
