Thursday, April 16News That Matters

शारदा मावि हौँचुरलाई २ लाख बढीको फर्निचर निशुल्क प्राप्त

विद्यालयलाई प्राप्त फर्निचर

खोटाङ, चैत ५ । खोटाङको रावाबेसी गाउँपालिका–६ हौँचुर स्थित शारदा माध्यमिक विद्यालयलाई २ लाख बढीको फर्निचर निशुल्क प्राप्त भएको छ । रु २ लाख २५ हजार मूल्य बराबरको विद्यालयमा प्रयोग हुने डेस्क बेन्च लगायत अन्य फर्निचर निशुल्क प्राप्त भएको प्रधानाध्यापक हर्कबहादुर कार्कीले जानकारी दिनुभयो ।
रावाबेसी गाउँपालिकामा जन्मिएर हाल राजधानी काठमाडौमा रहनु भएका जीवन पोखरेल, मणि नेपाल र नरेश न्यौपानेले संयुक्त रुपमा सो सामाग्री निशुल्क विद्यालयलाई प्रदान गर्नुभएको हो । तीन जनाले विद्यालयलाई प्रदान गर्नुभएको फर्निचर सामुदायिक सिकाइ केन्द्र हौंचुरले निशुल्क ढुवानी गरिदिएको प्रधानाध्यापक कार्कीले बताउनुभयो ।