Tuesday, July 21News That Matters

रावाबेसी–६ हौँचुरमा कांग्रेस निकट महिला संघ र दलित संघ समिति गठन

खोटाङ, चैत ७ । रावाबेसी गाउँपालिका– ६ हौँचुरमा नेपाली कांग्रेस निकट नेपाल महिला संघ र दलित संघको वडा समिति गठन भएको छ । कांग्रेसको वडा समितिले आयोजना गरेको कार्यक्रमले आज दुई फरक समितिको गठन गरेको कांग्रेस रावाबेसी गाउँपालिका सचिव चिरन कार्कीले जानकारी दिनुभयो ।
नव गठीत ३१ सदस्यीय महिला संघको अध्यक्षमा भिमा कार्की र सचिवमा मुना परियार रहनु भएको छ । यस्तै २१ सदस्सीय दलित संघको अध्यक्षमा चंखु नेपाली र सचिवमा मनमाया बिश्वकार्म रहनु भएको छ ।
कार्यक्रममा कांग्रेसका नेता जनक कार्की, नेपाली कांग्रेसका जिल्ला कार्य समिति सदस्य खगेन्द्र कार्की, महिला संघ रावाबेसी गाउँपालिका संयोजक शोभा पाण्डे, दलित संघ रावाबेसी गाउँपालिका संयोजक दिपक नेपाली लगायतको उपस्थिती रहेको थियो ।