Thursday, April 16News That Matters

जसपा निकट विद्यार्थी र युवाको नगर समिति गठन

खोटाङ, चैत्र १२ । जनता समाजवादी पार्टी (जसपा) निकट विद्यार्थी संगठन र युवा संगठनको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका समति गठन भएको छ । शनिबार दिक्तेलस्थित जिल्ला समन्वय समितिको हलमा सम्पन्न प्रथम नगर सम्मेलनले विद्यार्थी संगठन र युवा संगठनको नगर समिति गठन गरेको समाजवादी विद्यार्थी युनियन प्रदेश १ का मुख्य सचिव कृष्ण गिरीले जानकारी दिनुभयो ।

जसपाका केन्द्रीय सदस्य तथा किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईको प्रमुख आतिथ्यता र समाजवादी युवा संघ खोटाङका अध्यक्ष गजेन्द्र राईको अध्यक्षतामा भएको सम्मेलनले समाजवादी विद्यार्थी युनियनमा सञ्जीव राईको अध्यक्षतामा २३ सदस्यीय नगर समिति गठन गरेको छ । युनियनको उपाध्यक्षमा कविता राई, सचिवमा रामप्रसाद घिमिरे, सहसचिवमा संगम राई र कोषाध्यक्षमा उषा परियार चयन हुनुभएको छ ।

यस्तै सुरेन्द्र राईको अध्यक्षतामा ३५ सदस्यीय युवा संघको  नगर समिति गठन गरिएको छ । संघको उपाध्यक्षमा दुगम राई, लेकबहादुर खत्री र शान्तिराम भुजेल, सचिवमा मन्तोष राई, सहसचिवमा अभिनय राई र जगत राई र कोषाध्यक्षमा इस्मिता राई चयन हुनुभएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय  सदस्यहरू डा. केके राई, देवराज राई, सूर्यबहादुर राई, प्रदेश १ सदस्य मोहन गुरुङ, खोटाङ जिल्ला समितिका अध्यक्ष टंक थापा, संघीय परिषद् सदस्य कर्णबहादुर कार्की, सुनिल चाम्लिङ, खोटाङ जिल्ला समितिका सचिव तथा किरात राष्ट्रिय समितिका उपाध्यक्ष प्रेम राई, समाजवादी युवा संघका केन्द्रीय सदस्य तथा जिल्ला समितिका सहसचिव टीकाराम राई, समाजवादी युवा संघका प्रदेश १ उपाध्यक्ष दीपक तामाङ, समाजवादी विद्यार्थी युनियन प्रदेश १ का अध्यक्ष तथा केन्द्रीय सदस्य रविन खम्बू, पार्टीको नगर समिति अध्यक्ष निर्मल राईलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।