Friday, April 17News That Matters

प्रधानमन्त्री ज्यु पाँच दल हैन अझै थप्नुहोस्, एमाले एक्लै लड्छ : प्रमुख सचेतक भट्टराई

मन्तव्य राख्दै प्रमुख सचेतक भट्टराई, तस्विर : युवराज भट्टराई

खोटाङ, चैत १३ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले गठबन्धनमा रहेका पाँच दल मात्र पर्याप्त नभए अन्य दल पनि थप्न सुझाव दिनुभएको छ । तर, पनि एमालेलाई पराजित गर्न नसक्ने उहाँको दावी छ ।

गृह जिल्ला खोटाङ आउनु भएका भट्टराईले ऐसेलुखर्क युवा संघले आयोजना गरेको पुरुष एवं महिला भलिबल प्रतियोगिताको आइतबार उद्घाटन गर्दै भन्नुभयो “हिजो मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले बलियो छ एक्लै लड्न सकिदैन, त्यसैले हामी मिलौँ भनेर भन्नु भएछ । पाँच वटा दलले पुग्दैन भने प्रधानमन्त्री ज्यु अरु पनि छरियाका कोही छन् भने मिलाउनुहोस् एमाले यक्लै लड्छ ।”

एमालेको पोलिटब्युरो सदस्य समेत रहनुभएका प्रमुख सचेतक भट्टराईले एमालेले कसैसँग गठबन्धन नगर्ने र सूर्य बाहेक अन्य चुनाव चिन्हमा भोट पनि नमाग्ने बताउनुभयो । सबै राजनीतिक दल एक ठाउँमा उभिएपनि आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा एमालेले एक्लै ५० प्रतिशत भन्दा बढी जित्ने उहाँको दावी छ । यस्तै अहिलेका पाँच दललाई गठबन्धन शब्द नफापेको हुँदा गठबन्धनको पर्यावाची शब्द राख्न समेत सुझाव दिनुभएको छ । भट्टराईले भन्नुभयो “अहिलेका पाँच दललाई गठबन्धन फापेको देखिएन त्यसैले शब्दकोशमा गठबन्धनको पर्यावाची अर्को शब्द भए त्यो राख्दा हुन्छ ।”