
खोटाङ, चैत १३ । ओखलढुंगाबाट धरानकालागि छुटेको र्फोस गाडि उदयपुरमा दुर्घटना भएको छ । उदयपुरको कटारी नगरपालिका–११ हर्देनी स्थीत सिद्धिचरण राजमार्गमा प्रदेश–०७–००१ ज ००११ नम्बरको र्फोस गाडि आज दिउँसो २ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
धरानजादै गरेको र्फोस गाडि आफै अन्यन्त्रित भइ सडकबाट करीब ५ मिटर तल खसकेको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी (डिएसपी) वेद प्रसाद गौतमका अनुसार गाडिमा १४ जना सवार थिए । जसमा तीन जना गम्भिर घाइते भएका छन् भने अरुको अवस्था सामान्य छ ।
गम्भिर घाइते हुनेहरुमा ओखलढुंगा मोलुङ गाउँपालिका–२ का एकराज दाहाल, ओखलढुंगा कै सुनकोसी गाउँपालिका–४ का खेमबहादुर कार्की र सोही ठाउँका चुडामणी अधिकारी रहेका छन् । उनिहरुको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
