
खोटाङ, चैत १४ । बहुमूल्य धातु पुल्ली उत्खनन गरेको आरोपमा खोटाङमा पाँच जना पक्राउ परेका छन् । खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित बारीमा पुल्ली उत्खनन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा पाचँथरको फिदिम नगरपालिका–९ का ५१ वर्षीय गोकुल आङ्दाङबे, २४ वर्षीय अशोक आङ्दाङबे, २६ वर्षीय झिलन आङ्दाङबे, ५७ वर्षीय डिल्ली आङ्दाङबे र झापाको धाइजन गाउँपालिका–७ का ७३ वर्षीय सुनबहादुर चेम्जोङ रहेका प्रहरीले जनाएको छ । बहुमूल्य धातु पुल्लीको उत्खनन भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट २ थान सेतो कालो पाटे पुल्ली, १ थान कालो भेडी सेतो, १ थान कालो टेका भेडी, २ थान रातो टेका माला, ६ थान खैरो टेका माला र ५ थान बेल्चा बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
