
खोटाङ, चैत १५ । नेपाली कांग्रेस खोटाङ जिल्ला कार्य समितिको कोषाध्यक्षमा नवराज राई मनोनीत हुनुभएको छ । निर्वाचित जिल्ला सदस्यलाई सभापतिले सिफारिस गर्ने र जिल्ला कार्यसमितिले मनोनीत गर्ने कांग्रेसको बिधान अनुसार छैटौँ बैठकले राईलाई कोषाध्यक्षमा मनोनीत गरेको हो ।
सदरमुकाम दिक्तेल स्थित कांग्रेसको पार्टी कार्यालय बिपि स्मृती भवनमा आज बसेको जिल्ला कार्य समितिले बैठकले कोषाध्यक्षमा राईलाई मनोनीतसँगै अन्य चार वटा निर्णय समेत गरेको छ । वडागत संगठन बिस्तार सुदृढीकरण र अनुगमन समितिले पेस गरेको प्रतिबेदन अध्यान गर्नका लागि उप–सभापति तिर्थराज भट्टराईको संयोजकत्वमा अध्यान समिति गठन गरिएको कांग्रेसका जिल्ला सभापति बिष्णुकुमार राईले जानकारी दिनुभयो । सो समितिले चैत ३० गते भीत्रमा प्रतिबेदनको अध्यान गरी सार प्रतिवेदन पार्टीको जिल्ला कार्यालयमा बुझाउनु पर्नेछ ।
यस्तै प्रदेश क्षेत्रीय समितिले वडा र पालिकाका संभावित उम्मेद्वारहरुको नामवाली चैत २५ गतेसम्म जिल्ला कार्य समिति समक्ष सिफारिस गर्ने निर्णय पनि कांग्रेसको आजको बैठकले गरेको छ । यस्तै कांग्रेस निकट नेपाल सांकृतिक संघको पालिका, क्षेत्र र जिल्ला तदर्थ समिति बैशाख पहिलो सातासम्ममा गठन गर्ने र हाल सरकारमा रहेका गठबन्धन दललाई कसरी अगाडि लैजान सकिन्छ भन्ने बिषयमा छलफल गर्ने निर्णय आज बसेको छैटौँ जिल्ला कार्य समितिले गरेको सभापति राईले बताउनुभयो ।
