Thursday, April 16News That Matters

खोटाङका पाँच पालिकामा भोलि दिनभर विद्युत अवरुद्ध हुने

खोटाङ, चैत २९ । खोटाङका पाँच स्थानीय तहमा भोलि बुधबार दिनभर विद्युत अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्र अन्तर्गत बुइपा सबस्टेसनबाट उत्पादित हलेसी ११ केभी लाइनको दायाँबायाँ बुस कटिङ गर्नुपर्ने भएकाले बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी, ऐँसेलुखर्क र केपिलासगढी गाउँपालिकाका सम्पूर्ण भूभाग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका केही भूभागमा विद्युत आपूर्ति बन्द हुुने भएको हो ।

तोकिएको समयभन्दा अगावै बुस कटिङ कार्य सम्पन्न भए बेलुका ५ बजेभन्दा अगाडि नै पनि विद्युत सुचारु हुन सक्ने नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताउनुभयो ।