Thursday, April 16News That Matters

ज्यामिरेमा एमालेबाट वडाध्यक्षका लागि युवा नेता भट्टराईसँगै ६ जनाको दावी

युवा नेता युवराज भट्टराई

खोटाङ, चैत ३० । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीमा देशैभर राजनीतिक दलहरू जुटिरहेका छन् । आसन्न स्थानीय तह निर्वाचनको लागि खोटाङमा राजनीतिक दलहरु पनि धमाधम आफ्ना उम्मेद्वार छनोट गरिरहेका छन् ।

जिल्लाको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेमा एमालेबाट वडाध्यक्षका लागि ६ जनाले आकांक्षा देखाएका छन् । वडा कमिटिले सर्वसम्मत उम्मेद्वार टुंगो लगाउन नसकेपछि पालिका कमिटिमा ६ जनाकै नाम सिफारीस गरिएको एमेला ज्यामिरे वडा कमिटिले जनाएको छ ।

६ जना मध्ये वडाध्यक्षका लागि वडा कमिटिबाट २७ वर्षका युवा नेता युवराज भट्टराईको पनि नाम सिफरीस भएको छ । १४ वर्षको उमेरमा वि.स. २०६५ साल देखि एमाले निकट विद्यार्थी संघटन अनेरास्ववियु हुँदै राजनीति सुरु गरेर लामो समय पार्टीको संगठन निर्माणमा एकचित्त भएर लागेका कारण आफु वडाध्यक्षका लागि योग्य उम्मेद्वार भएको उहाँको भनाई छ । वि.स. २०६८ देखि लगातार दुई कार्यकाल ज्यामिरे गाउँ कमिटि सचिव एवं तत्कालीन इलाका कमिटिमा रहेर काम गर्दै केही समय अघि पार्टी दुई धारमा रहदा पनि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेकै पक्षमा रहरे संगठन बलियो बनाएको भट्टराईको दावी छ । त्यसैले पार्टीले वडाध्यक्षको टिकट आफुलाई दिनेमा ढुक्क रहेको उहाँको भनाइ छ ।

भट्टराईसँगै अम्बर राई, बालकुमार राई, टेक प्रसाद लम्साल, झबिलाल राई र रजिन राईको पनि नाम वडा कमिटिबाट पालिकाम सिफारीस भएको छ । वि.स. २०७४ सालको चुनावमा उक्त वडामा एमालेका उम्मेद्वारको प्यानलनै बिजयी भएका थिए । एमालेको फुट र अहिले सरकारमा रहेका पाँच दलले गठबन्धन गरेर चुनावी मैदानमा उत्रिने निर्णय गरेसँगै सो वडामा एमालेलाई पहिलेकै नतिजा दो–याउन कडा मेहनत गर्नु पर्ने देखिन्छ । केन्द्रमा एमालेले राप्रपा नेपालसँग चुनावी तालमेल गर्ने निर्णय गरेपनि ज्यामिरेमा राप्रपा नेपालको प्रभाव छैन ।