Wednesday, April 15News That Matters

रावाबेसी : चिण्डेश्वरा र चैन्टार झोलुङ्गे पुलले जोडिदै

पुल शिलान्यास गरिदै, तस्विर : प्रेम श्रेष्ठको फेसबुकबाट

खोटाङ, बैशाख ३ । रावाबेसी गाउँपालिका–५ दुबेकोल स्थित चिण्डेश्वरा र ऐँसेलुखर्क गाउँपालिका– ७ माक्पा चैन्टार झोलुङ्गे पुलले जोडिने भएका छन् । चिण्डेश्वरा र चैन्टारको बिचमा पर्ने ह्वाङखोलामा झोलुङ्गे पुल निर्माण हुनेभएपछि दुई गाउँ झोलुङ्गे पुलले जोडिन लागेका हुन् ।

संघीय सरकार र रावाबेसी गाउँपालिकाको संयुक्त रु ३८ लाखमा उक्त पुल निर्माण हुन लागेको गाउँपालिकाले जनाएको छ । शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष लिलानाथ निरौला, उपाध्यक्ष समला राई, दुबेकोलका वडाध्यक्ष गणेस थापा मगर लगायतको उपस्थितीमा सोही गाउँकी बुद्धिजिबि रेनुका थापा मगरको हातबाट पुल शिलान्यास गरिएको छ ।

पुल निर्माण भएसँगै चिण्डेश्वरा र चैन्टारका नागरिकलाई आवतजावतमा सहजता हुने स्थानीयले बताएका छन् ।