Wednesday, April 15News That Matters

खोटाङमा एक महिलाको शव फेला

फाइल तस्वीर

खोटाङ, वैशाख ४ । खोटाङमा एक महिलाको शव फेला परेको छ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोला हाइड्रोपावरबाट अन्दाजी ३०० मिटर अगाडि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा पर्ने जंगलमा अन्दाजी ३० वर्षीया महिलाको शव फेला परेको हो ।

मृत भेटिएकी महिलाको परिचय खुलेको छैन । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सागर शाहको नेतृत्वमा प्रहरी टोली पुगेको छ । ५.२ फिट उचाइ भएकी, सुस्त मनस्थितिकी जस्तो देखिने ती महिलाको लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

केही सडेको अवस्थामा भेटिएको शव हेर्दा ५/६ दिन अगाडि नै मृत्यु भएको हुन सक्ने घटनास्थलबाट प्रहरी निरीक्षक शाहले बताउनुभयो । शवको कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि दिक्तेल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।