Wednesday, April 15News That Matters

हलेसी तुवाचुङ : कांग्रेसबाट मेयरमा विमला राई र उम–मेयरमा रमेश राउत

खोटाङ, वैशाख १२ । हलेसी तुवाचुङ नगरपालिकाको नगर प्रमुख र उप–प्रमुखमा नेपाली कांग्रेसले उम्मेद्वारी टुंगो लगाएको छ । नगर प्रमुखमा विमला राई र उप–प्रमुखमा रमेश राउतले टिकट पाउनु भएको कांगेसले जनाएको छ ।

राई यस अघि नगरपालिकाको उप–प्रमुख हुनुहुन्थ्यो भने राउत वडा नम्बर ६ मंगलटारको वडाध्यक्ष हुनुहुन्थ्यो । कांग्रेसको प्रदेश नम्बर १ समितिले राई र राउतलाई उम्मेद्वारी बनाउने निर्णय गरेसँगै मनोनय दर्ताकालागि तयारी गरिएको स्रोतले जनाएको छ । हलेसी तुवाचुङमा कांग्रेसले एक्लै लड्ने निर्णय गरेको छ ।

यस्तै गठबन्धनको तर्फबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कांग्रेसले माहाधिवेशन प्रतिनिधि धर्मराज पोखरेललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । नगर प्रमुखमा उम्मेद्वार मनोनयन दर्ता गराउन काठमाण्डौबाट दिक्तेल आउनु भएका पोखरेललाई कांग्रेसकै कार्यकर्ताले हातपात समेत गरेका छन् । नगर प्रमुखमा तिर्थराज भट्टराईले टिकट पाउनु पर्ने कार्यकर्ताको माग छ ।