Thursday, April 16News That Matters

युनेस्को : संस्कृति र सांस्कृतिक सम्पदाको संरक्षण गरे मात्र हाम्रो अस्तित्व रहन्छ

कार्यक्रम पश्चात सामुहिक तस्विर

खोटाङ, वैशाख १४ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा संस्कृति र सांस्कृतिक सम्पदाको संरक्षण सम्बन्धि प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ । मंगलवार र बुधबार दुई दिन सञ्चालन भएको कार्यक्रमले संस्कृति र सांस्कृतिक सम्पदाको संरक्षण गरे मात्र हाम्रो अस्तित्व रहने निष्कर्ष समेत निकालेको छ ।

सांस्कृतिक सम्पदा भौतिक तथा अभौतिक संरक्षण एवं सम्बद्र्धनमा युवा अभियान नामक यस कार्यक्रमको आयोजना नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय युनेस्को निमित्त नेपाल राष्ट्रिय आयोग सिंहदरबार काठमाडौले गरेको हो । जसको समन्वय हलेसी तुवाचुङ नगरपालिकाले गरेको थियो ।

आयोगको सचीवालय सदस्य एवं शिक्षा मन्त्रालयकी शाखा अधिकृत इन्दिरा खड्का बुढाथोकीले युनेस्को संस्थाको परिचय दिएसँगै सुरु भएको प्रशिक्षण कार्यक्रम खोटाङ जिल्लाको संस्कृति र सांस्कृतिक सम्पदाको पेरिफेरि रहेर सञ्चालन भएको थियो । भौतिक तथा अभौतिक सांकृतिक सम्पदाको संरक्षण युवाले गर्नु पर्ने धारण राख्दै प्रशिक्षक आयोगका संस्कृति समितिका सदस्य एवं पि.के क्याम्पसका उप–प्राध्यापक उमेश रेग्मीले पुर्खा र भावी पुस्ता अर्थात बालबालिकाको पुल अहिलेका युवा भएको धारणा राख्नु भयो । रेग्मीले भन्नुभयो “हाम्रो सस्कार र सस्कृतिको बिषयमा युवाले पुर्खासँग बुझ्ने हो र भावी सन्तानलाई सोही कुरा सिकाउने हो ।”

सस्कृति एवं भौतिक अर्थात अभौतिक सम्पदाहरु हराएर अर्थात लोभ भएर जान नदिन मुख्य भुमिका युवाको रहेको कारण युवाहरु बचाउने अभियानमा लाग्नु पर्ने उप–प्राध्यापक रेग्मीको जोड छ । अहिलेको विश्व अध्यान गर्न छाडेर पैसाको पछि लाग्दै गर्दा संस्कार र संस्कृति सधैकालागि लोभ भएर जाने प्रभल सम्भावना छ । “अहिले अमेरीकाका मानिस पैसाको पछि लागेका छन्, त्यहाँ अध्यान गर्ने ब्यक्तिको कमी हुँदा अन्य देशका विद्यार्थीलाई छात्रवृती दिएर अमेरीका पढाईरहेको छ ।” रेग्मीले भन्नुभयो ।

हामीले हाम्रो संस्कृति र वरीपरी रहेका भौतिक तथा अभौतिक सम्पदाहरुको अध्यान गर्यौ भने त्यसको पाण्डुलिपी अभिलेख राख्यौँ भने त्यो सधै बाचिरहन्छ । त्यस्ता बिषयको अध्यानले हामीलाई रोजगारी समेत दिन्छ र हामी सोही पेसाबाट जीविको पार्जन समेत गर्न सक्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका सबै वडाबाट युवा प्रतिनिधि, नगर भित्रका क्याम्पसमा अध्यानरत प्रतिनिधि विद्यार्थी, सांकृतिक संघ संस्थाका प्रतिनिधि, अध्यान र सामाजिक क्षेत्रसँग सम्बन्धित विषय अध्यापन गराउने शिक्षक प्रतिनिधि र स्थानीय पत्रकार प्रतिनिधिको उपस्थिति रहेको थियो । उपस्थीत प्रशिक्षार्थीले कार्यक्रम फलदायि रहेको बताएका छन् । कतीपय कुरा हाम्रै वरीपरी छन् तर त्यसलाई सही तरीकाले हेर्न, अध्यान गर्न नसक्दा हाम्रा भौतिक अर्थात अभौतिक सम्पदाहरु हराउदै गएका कारण अव त्यस्ता कुरालाई जगेर्ना गर्ने उनीहरुको भनाइ छ । संस्कृति र सांस्कृतिक सम्पदा लोभ हुँदा हाम्रो अस्तित्व नरहने भएको कारण यसलाई बचाउने जिम्मा देशमा रहेका तीनै तहका सरकार र यहाँका नागरिकको रहेको कार्यक्रमले निष्कर्ष समेत निकालेको छ ।