
असिनाले मकै गरेको क्षति
खोटाङ, वैशाख १५ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा असिनापानीले बालीमा क्षति पु¥याएको छ । हिजो परेको असिनापानीले गाउँपालिकाका अधिकांश क्षेत्रमा बालीमा क्षति पु¥याएको बताइएको छ ।
असिनाले मकैको पात कामै नलाग्ने गरी छिद्र बनाएको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे नेपानेका शुरेस राईले बताउनुभयो । उहाँका अनुसार हिजो साँझ परेको असिनापानीले मकैमा सबै भन्दा ठुलो क्षति पु¥याएको छ । असिनाले भर्खर फूल खेल्दै गरेका र फल लाग्दै गरेका फलफुलमा पनि क्षेती पु¥याएको छ । मकैसँगै लगाइएको आलु, फर्सी, सिमि लगायतका तरकारीबालीमा पनि ठुलो क्षति पु¥याएको राईले बताउनुभयो ।
ऐँसेलुखर्क गाउँपालिकासँगै रावाबेसी र केपिलासगढी गाउँपालिकाका माथिल्लो क्षेत्रमा पनि असिनाले मकै बाली र फलफुलमा क्षति पु¥याएको स्थानीयले बताएका छन् ।

